नियम १५
कार्यालय प्रमुखले निरीक्षण गर्नु पर्ने
कार्यालय प्रमुखले प्रत्येक महिना राजस्व उठ्न छुट भए वा नभएको र राजस्व लेखा तथा दाखिलाको निरीक्षण गरी राजस्व हिनामिना भए वा नभएको र नियम १० बमोजिम लगती तथा हसबली राजस्वको लेखा रहे नरहेको एकिन गर्नु पर्नेछ । यसरी निरीक्षण भए वा नभएको कुरा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखा परीक्षण गर्दा हेर्नु पर्नेछ ।